जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्थानीय तहको निर्वाचनको समिक्षा गरेका छन् ।
बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले चुनावको समिक्षा गर्दै पैसा नहुँदा पराजित हुनुभन्दा उम्मेदबारमा आत्मविश्वासको कमी देखिएको बताए ।
आफ्ना उम्मेदबारहरु आत्मविश्वासका साथ चुनावी मैदानमा नउत्रेकाले पराजित हुनुपरेको बताउँदै उनले भने, ‘पैसा नभएका कारण जितेनौं भन्ने कुरो होइन् । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ बर्षकै उमेरमा मेयर बनाएर देखाइदिएका छन् । आफ्ना पार्टीका उम्मेदबारहरुमा आत्मविश्वासको कमी देखियो ।’
उनले अन्य पार्टीले आफ्ना पार्टी र उम्मेदबारबिरुद्ध भ्रम पनि फैलाएको बताए । ‘तिमी कहाँ जित्छौं, पैसा छैन् । अर्काे पटक उठ्नु नि !’ जस्ता कुरा बोलेर आफ्ना उम्मेदबारको आत्मविश्वास घटाउने काम गरेको उनले बताए ।
सबैले मत दिइनै हाल्छ भन्ने सोंचमा उम्मेदबार डुबेको र बाहिर बस्नेहरु पनि मेरो एउटा मतले के नै हुन्छ भन्ने सोंचेर गाउँ नफर्केको उनले बताए ।
यद्यपी दुई वटा सिट जित्नु पनि पार्टीको लागि महत्वपूर्ण भएको उनले बताए ।
सिके राउत भन्छन्, ‘हाम्रा उम्मेदबारमा आत्मविश्वास देखिएन
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech