कर्तव्य ज्यान मुद्दामा दुई जना पक्राउ

 

जनकपुरधाम । धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शहीदनगर नगरपालिका ८ बस्ने सहदेव मण्डल खत्बे र रामचन्द्र मण्डल खत्बेलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

तेतरी देवी मण्डलको जाहेरीले वादी नेपाल सरकार रहेको कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका उनीहरुलाई धनुषा जिल्ला अदालतवाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबैलाई जनकनन्दनी गाउँपालिका १ इनर्वा टोलस्थित सडकमा हिंडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय यदुकोहाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।