जनकपुरधाम । धनुषाको ईनर्वामा सशस्त्र प्रहरी विओपीको नयाँ भवन निर्माण भएको छ । निर्माण भएको नयाँ भवनको मंगलबार उद्घाटन गरिएको छ ।
मधेश प्रदेशका सशस्त्र प्रहरी डिआईजी गणेश ठाडा मगर र जनकनन्दनी गाउँपालिका अध्यक्ष दिपिन देव यादवले मंगलबार संयुक्त रुपमा सशस्त्र प्रहरीको नयाँ भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै डिआईजी मगरले सिमावर्ती क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न विओपीको मुख्य भूमिका रहने भएकाले चुस्तदुरुस्त रुपमा काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिए ।
बर्षौदेखि इनर्वा बोर्डरमा एक मात्र रेल्वे भवन हुँदा सुरक्षाको दृष्टि र भन्सार व्यवस्थापनको लागि समस्या हुँदै आएकोमा नयाँ भवन सुविधा सम्पन्न निर्माण गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।
भवनमा चिस्यान, अन्न भण्डार, शौँचालय, किचेन, जवान बस्ने क्वार्टर रहेको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल धनुषाका एसपी प्रकाश सुबेदी सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
इनर्वामा बन्यो सशस्त्र प्रहरीको नयाँ भवन
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech