लहान । सिरहाको औरही गाउपालिकाले अस्पतालमा चर्को स्वरमा डिजे बजाएर गाउँसभा गर्न लागेको छ ।
गाउपालिका अध्यक्ष शिवजी यादवकै निर्देशनमा अस्पतालमा गाउसभा हुन लागेको हो । अस्पताल शान्ति क्षेत्र हो । अस्पताल क्षेत्रमा ठुलो स्वरमा डिजे बजाउन पाइदैन् ।
तर अध्यक्ष शिवजी यादवले विरामीलाई समस्यामा पर्नेगरी डिजेको तामझाममा गाउसभा गर्न लागेका हुन् । हुन् त धेरै पालिकाले डिजेमा प्रतिबन्ध लगाइसकेको छ । तर उनी आफै डिजे ब्यावसायी भएकाले कमाउ धन्दा गर्न डिजेलाई प्रोमोट गरिरहेका छन् ।
अस्पतालको माथि छतमा राखिएको होरन ठूलो स्वरमा बजिरहेकाले त्यस आसपास कान बन्द राख्नुपर्ने अबस्था छ । तर यसतर्फ जनप्रतिनिधिको कुनै ध्यान गएको छैन् ।
स्थानीयले चर्को स्वरमा डिजे बजाएर गाउँसभा गर्नुलाई अध्यक्ष यादवको ‘मनपरी’ बताएका छन् ।