जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा शुक्रबार साँझ जनकपुरधाममा संघीयता खारेजीको माग गर्दै मसाल जुलुस प्रदर्शन गरिएको छ ।
स्थानीय रेल्वे स्टेशनबाट निकालिएको राप्रपाको मसाल जुलुस भानु चोक, शिब चोक हुँदै जनक चोकमा पुगी टुँगिएको छ । जुलुसका क्रममा उनीहरुले ‘संघीयता खारेज गर, हिन्दु रास्ट्र कायम गर, मूल्यबृद्धि फिर्ता गर’ सहितका नारा लगाएका थिए ।
राप्रपाकाे नारा- संघीयता खारेजी गर
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech