जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा हेलिप्याडको निर्माण हुने भएको छ ।
गाउँपालिकामा हुने विपद् व्यवस्थापनका निम्ति यो हेलिप्याडको निर्माण गरिने भएको हो ।
शनिबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दिपिनदेव यादवे हेलिप्याडको शिलान्यास गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ५ स्थि तबनरझुल्लामा अध्यक्ष यादवले हेलिप्याडको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा नरेश कुमार यादव, इन्द्र कुमार कापर, वडा सदस्य बिपिन यादव, उमेश, स्थानीय भरभलादमीको उपस्थिति रहेको थियो ।
गाउँपालिकाको रु १० लाखको बजेटमा हेलिप्याडको निर्माण शुरु गरिएको छ ।