राजविराज, १९ असार । सप्तरीमा प्रहरीले चाेरी मुद्दाका एक फरार प्रदिवादीलाई प्रक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जिल्लाकाे डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ बस्ने २० बर्षिय लाल देव सदा रहेकाे प्रहरीले जनाएकाे छ । स्थानीय हार्डवेयर पसलबाट १ लाख ६९ हजार चोरी गरेको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेपछि सदा फरार भएका थिए ।
उनलाई सप्तरी जिल्ला अदालतले २०७७ कतिक २५ गतेको फैसलाले ३ बर्ष कैद र ३० हजार जरिवाना तोकेको थियो । सदालाई खोजतलासको क्रममा शनिबार गाउँ घरमा नै फेला पारी पक्राउ गरी आइतबार सप्तरी जिल्ला अदालतमा पेश गर्दा निजलाई कैद भुक्तानको लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकरी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech