कतारमा मृत्यु भएका रितेश्वरको शव २२ दिनपछि स्वदेश पठाइयो

 

जनकपुरधाम । पछिल्लो १४ बर्षदेखि कतारमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको २२ दिनपछि शव स्वदेश पठाइएको छ ।

कतारस्थित रामको कम्पनीमा कार्यरत धनुषाको मिथिला बिहारी नगरपालिका ८ निवासी ४६ बर्षीय रितेश्वर यादवको शवलाई घर पु¥याइएको हो । २२ दिनअघि उनको कम्पनीमै भएको दुर्घटनामा परी मृत्यु भएको थियो ।

जनमत पार्टीका अन्तर्राष्ट्रिय संगठन गैर–आवाशीय मधेसी संघ शाखा कतारले उनको शव स्वदेश ल्याउन पहल गरेको हो । मृतक रितेश्वरको शव संघका सल्लाहकार विजय यादवले घरसम्मै लिएर गएको संघकका अध्यक्ष ईन्जिनियर विजय कुमार यादवले बताएका छन् ।

उक्त कार्यमा अध्यक्षसहित उपाध्यक्ष जितेन्द्र कुमार यादव, सह कोषाध्यक्ष नन्द कुमार ठाकुर, केन्द्रीय कोर्डिनेटर तथा प्रेस जनमत संघ अन्तराष्ट्रिय सदस्य बिनोद कुमार यादव, केन्द्रीय सदस्य ई. प्रमोद ठाकुर, सदस्य जितनारायण यादव, सल्लाहकार विजय यादवसहितकाले सहयोग गरेको अध्यक्ष यादवले बताएका छन् ।