बारामा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु

 

वीरगञ्ज, २० असार । बारामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्वर ५ बहुअरी निवासी उपेन्द्र प्रसाद पटेलका ११ वर्षीय छोरा प्रिन्स पटेलको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

घरमा जडान गरेको मोटर चालउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा ल्याइएको थियो ।

उपचारको क्रममा उनको अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।