जनकपुर जेसीजको बैठक बस्ने निर्णय भएकै छैन : अध्यक्ष साह

 

जनकपुरधाम । जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले कुनै पनि बैठक बस्ने निर्णय नभएको बताएका छन् ।

विभिन्न समाजिक संजालका माध्यमले जनकपुर जेसीजको ३० जुन २०२२ को बैठक बसेको सूचना आएकोप्रति गम्भीर ध्यानााकर्षण भएको भन्दै उनले ती सूचनाहरुमा सत्यता नभएको बताएका छन् ।

साहले सोमबार बिज्ञप्ती जारी गर्दै जनकपुर जेसीजको ३० जुनको बैठक बस्ने कुनै निर्णय नभएको र त्यस्तो बैठक वस्ने कुनै सुचना नरहेको बताएका छन् ।

‘सामाजिक संजालमा यस प्रकारका भ्रमित पार्ने समाचारप्रति कुनै सत्यता छैन्’ उनले भनेका छन्, ‘यस्ता भ्रमपुर्ण समाचारको पछाडी नलागन सम्पुर्णलाइ अनुरोध गर्दछु ।’