
सर्लाही, २१ असार । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको मलंगवा नगरपालिका वडा नम्वर १० झिमपुल स्थित प्रहरीले चेक जाँच गर्न क्रममा बीआर ३० एफ ३५१४ नम्वरको मोटरसाईकलाई चेक जाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका वडा नम्वर ४ बस्ने ४१ वर्षीय मनोज कुमार साह रहेको सर्लाही प्रहरीले जनाएको छ ।
उनको साथबाट ५८ बोतल कोरेक्स बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता माधव प्रसाद बुढाथोकिले जानकारी दिए ।