रामेछाप बस दुर्घटना अपडेट : ९ जनाको घटनास्थलमै मृत्यु

 

काठमाडौं । रामेछाप बस दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बसमा करिब ३० जना यात्रुलाई सवार रहेको जनाईएको छ ।

२४ जना घाइतेलाई धुलिखेल अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ ।