सर्लाही, २१ असार । सर्लाहीबाट प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका वडा नम्वर ११ बस्ने ४३ वर्षीय छोटेलाल दास रहेकोे सर्लाहीका प्रहरी प्रवक्त मधव प्रसाद बुढाथोकिले जानकारी दिए ।
प्रहरीका अनुसार सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर ११ मा उनले सुनिता किराना पसल संचालन गरेका छन् ।
बिशेष सुराकिका आधारमा प्लास्तिकको झोलामा लुकाई राखिएको अवस्थामा १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने १ राउण्ड गोलि सहित पक्राउ गरिएको उनले बताए ।
घटनाको बारेमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।