जनकपुरधामबाटै चोरिएका बच्चा दुई सातापछि फेला, एक महिला पक्राउ

जनकपुरधाम । जनकपुरधामबाट ३ बर्षीया बच्चाको चोरी गर्ने एक महिलालाई प्रहरीले दुई सातापछि पक्राउ गरेको छ ।
चोरिएको बच्चासहित महोत्तरीको पिपरा गाउँपालिका ४ बस्ने ६५ बर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । खातुनलाई उनको घरबाटै ती बच्चासहित नियन्त्रणमा लिइएको हो ।
भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला बैरगनिया १४ घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुरा बस्ने हरिओम चौधरीका ३ बर्षीय छोरा सोहन कुमार चौधरीलाई ६ असारको साँझ ६ बजेतिर चोकतर्फ गएको समयमा अपरिचिम महिलाले लिएर गएका थिए । हराइरहेका बच्चाबारे खोजी गर्दा सिसिटिभीको फुटेजबाट उक्त दृश्य फेला परेको थियो ।
फेला परेका बच्चाको कपाल काटिएको र टाउकोको एक ठाउँमा घाउ बनेको देखिएको छ ।
पक्राउ परेकी महिला उपर अपहरण तथा शरीर बन्धक शिर्षकमा मुद्दा दायर गरि थप अनुसन्धान अगाडी बढाईने प्रहरीले जनाएको छ ।