
जनकपुरधाम । धनुषाको औरही गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकमाथि कालोमोसो दल्नेलाई कार्वाहीको माग गर्दै मंगलबार जनकपुरधाममा प्रदर्शन भएको छ ।
औरही गाउँपालिका झिटकैया स्थित श्री राम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महरालाई कालोमोसो दलेर दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै संयुक्त दलित संघर्ष समिति मधेश प्रदेशद्वारा प्रदर्शन गरिएको हो ।
स्थानीय रेल्वे स्टेशनबाट शुरु भएको बिरोध ¥याली भानु चौक, कदम चौक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुँदै पुनः जनक चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै दलितका अगुवाले पीडितलाई न्याय दिई घटनाका आरोपित सुजित यादव र रामनाथ यादवलाई कारवाही गर्नुपर्ने माग राखे ।
उनीहरुलाई कार्वाही नगरिए आफुहरुले विरोध जारि राख्ने चेतावनी दिएका छन । उनिहरुले प्रधानाध्यापकलाई दलित सम्झेर नै हेप्न खोज्ने मनशायले घट्ना गराएको समेत बताए ।