मधेश प्रदेश : छुट्टाछुट्टै ठाउँमा पानीमा डुबेर दुई जनाको मृत्यु

 

जनकपुरधाम । सर्लाहीमा पानीको ड्रममा डु्बेर एक बालिकाको ज्यान गएको छ ।

जिल्लाको हरिवन नगरपालिका वडा नम्वर २ बस्ने बिजय महतोका २ वर्षीय छोरी अनुषा महतो आफ्नै आँगनमा राखेको पानीको ड्रममा डुबेर मृत्यु भएको हो ।

पानीको ड्रममा डुबेको अवस्थामा देखेपछि उनलाई उपचारको लागि नमुना अस्पताल ल्याउँदा सम्म उनको बाटोमा नै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकिले जानकारी दिए ।
यसैगरी धनुषामा पोखरीमा डुबेर एक जना बाललको मृत्यृु भएको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका ३ वस्ने बिल्टु महराका १० बर्षीय छोरा सन्तोष महराको पोखरीमा डुबेर मृत्यु भएको हो ।
स्थानीय डिहबार थान मन्दिर नजिक रहेको पोखरीमा खेल्ने क्रममा ती बालकको डुबेर मृत्यु भएको प्रहरी चौकी विरेन्द्रबजारले जनाएको छ ।

बालकको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जानकारी दिए ।