९० केजी लागूऔषध गाँजा बरामद, २ भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साबाट प्रहरी ९० किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका २८ वर्षीय सुनिल भारती रहेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा पर्साको बगही गेट नजिकैबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले युपि ७० बिके ९९५५ नम्वरको इन्ङिगो मेन्जर कारको डिकी र सिटमुनी लुकाई राखेको अवस्थमा सो परिणामको लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।