जनकपुरधाम । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल बीच भेटवार्ता भएको छ ।
बुधबार काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटघाटका क्रममा मेयरद्वयबीच सांस्कृतिक नगरी काठमाडौं र मटिहानीबीच सहकार्यबारे पनि छलफल भएको मेयर मण्डलले बताए ।
मेयर साहले मटिहानी नगरपालिका पनि सांस्कृतिक नगर रहेको बताउँदै आफू पनि त्यहाँको सांस्कृतिक तथा धार्मिकस्थलको भ्रमण गर्न उत्सुक रहेको बताए ।
सो भेटघाटको क्रममा मटिहानी नगरपालिकाका मेयर मण्डलले सांस्कृतिक नगरी मटिहानी भ्रमणको निम्तो समेत दिए ।
मटिहानीका मेयर मण्डलले भेटघाटको क्रममा मेयर साहलाई श्री लक्ष्मीनारायण मन्दिरको तस्वीर र बालेनले मण्डललाई गणेश भगवानको मूर्ति मायाको चिनोस्वरुप आदान–प्रदान समेत गरेका थिए ।
महोत्तरीका मेयर मण्डल र काठमाडौंका मेयर साहबीच भेटवार्ता
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech