२७० केजी लागूऔषध गाँजासहित दुई जना पक्राउ

 

वीरगञ्ज, २३ असार । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजबाट २७० केजी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नम्वर ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० केजी गाँजा बरामद गरिएको र सो विषयमा थप अनुसन्धान भईंरहेको प्रहरीले जनाएको छ ।