- जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले जनप्रतिनिधी र कर्मचारीले शुक्रबारका दिन साइकल चढ्नुपर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका उप मेयर किशोरी साहले नगरसभाबाट भएको यो निर्णय आगामी साउन महिनादेखि लागू हुने बताएका छन् ।
साउन महिनादेखि प्रत्येक शुक्रबार मेयर, उप मेयरदेखि सबै जनप्रतिनिधी र कर्मचारी कुनै कामका लागि कार्यालय आए साइकलमै आउनुपर्ने उनले बताए ।
उनले पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको बताए ।
जनकपुरधामका जनप्रतिनिधी र कर्मचारीले साइकल चढेर कार्यालय आउने
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech