राजविराज, २८ असार । सप्तरीमा पानीमा डुबेर एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर ५ मुसहरी टोल बस्ने ३० वर्षीय रामउदगार सदा रहेको प्रहरीले जानकारी दिए ।
सोमबार दिउँसो बाटतेल लिन भनि निस्केका सदा माझी पोखरीमा डुबेर मृत फेला परेको प्रहरीले जानकारी दिनुभयो ।
मदिरा सेवन गरी पानीमा डुबेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शवको कानुन बमोजिम मुचुल्का गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।