जनकपुरधाम । सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहँदा पनि सरकारले ध्यान नदिएको भन्दै बुधबार जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियानद्वारा प्रदर्शन गरिएको हो । स्थानीय रेल्बे स्टेशनबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गरेको छ ।
सरकारले वास्तविक भूमीहिनलाई कुनै जग्गा नै नदिएर अरुलाई वन जंगल क्षेत्र अतिक्रमण गर्न दिएको अभियानका पदाधिकारीको भनाई छ ।
अभियानका संयोजक सुनिल कुमार यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताएपनि कुनै ध्यान नदिएको बताए । प्रदर्शनकारीले छानबिन गरी प्रतिवेदन सार्वजनिक नगरेको भन्दै मुख्यमन्त्रीबिरुद्ध पनि नारावाजी गरेका थिए ।
यस्तै, वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको भन्दै प्रदर्शन गरिएको उनले बताए ।
अभियानले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, उद्योग वाणिज्य संघ जनकपुरधाम र राजनीतिक दलका प्रतिनिधिलाई एकसाथ ध्यानाकर्षणपत्र बुझाएको थियो ।
मंगलबार लालटेन जुलुस निकालेर सरकार विरुद्ध प्रर्दशन गरेको अभियानले बुधबार प्रदर्शन गर्दै बिहीबार (भोली) जनकपुरधाम बन्द गर्ने कार्यक्रम घोषणा गरेको संयोजक यादवले बताए ।
चुरे तथा वन जंगल संरक्षण अभियानद्वारा प्रदर्शन, जनकपुरधाम बन्द गर्ने घोषणा
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech