जनकपुरमा प्रहरीको छापा: अबैध मेडिकल समान, कार र तीन जना पक्राउ

जनकपुरधाम । मेडिकल समानको अबैध कारोबार भइरहेको आशंकामा जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकै रहेको एउटा फ्लाइटमा प्रहरीले छापा मारेको छ ।

डिएसपी दिपक राइ नेतृत्वको टोलीले मेडिकल समानको गोदाममा छापा मारेका हुन् । उक्त फ्लाइटबाट भारी परिमाणमा मेडिकल समानहरु, एउटा भारतीय नम्बर प्लेटको कार र तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । तीन जनाध्ये एक जना भारतीय डाक्टर रहेको बताइएको छ ।

अहिले छापामारी जारी छ । ‘मेडिकल समानहरु बरामद भएकाले तत्काल कति बराबरको भन्न सक्दिनँ,’ डिएसपी राइले भने, ‘अहिले घटनास्थलमै छौं । अनुसन्धान जारी छ ।’

भारतीय डाक्टरले अबैध रुपमा मेडिकल समानहरु भारतबाट ल्याएर यहां सप्लाई गर्ने गरेका थिए भन्ने प्रहरीको अनुमान छ ।