कृषि मन्त्रीको सम्मान गर्न राज्यको दोहन

सप्तरी । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई स्वागत गर्न उनको गृह नगरले राज्यको दोहन गरेको छ ।मन्त्री यादवको गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिकामा १ सय १ किलोको मालाले स्वागत गरिएको छ ।
मन्त्री भएपछि पहिलो पटक गृहनगर आएका मन्त्री यादवलाई आफ्नै भतिजा रहेका बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवसहितले १ सय १ किलोको फूलको माला लगाइदिएर स्वागत गरेका हुन् ।
बोदे बर्साइन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनका भतिजा मेयर सिंहसहित भाइ एवं पार्टीका नेता अनिरुद्ध सिंह यादवसहितले मन्त्रीलाई सम्मान गरेका छन् । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीले छुट्टाछुट्टै रुपमा पनि मन्त्री यादवलाई माला लगाएर स्वागत गरेका छन् ।
मन्त्री यादवलाई सिरहाको लहानबाट ल्याउन नगरपालिकाले ठुलो मात्रामा सवारी साधन उप्लब्ध गराएको थियो ।