अचेत भेटिएका व्यक्तिको मृत्यु

जनकपुरधाम । धनुषामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजार चोकमा सोमबार बिहान अचेत अवस्थामा फेला परेका अन्दाजी ४६ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अचेत अवस्थामा फेला परेका ती व्यक्तिको उद्धार गरी स्थानीय र प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल पु¥याएका थिए । उनको उपचारकै क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक व्यक्तिको हालसम्म सनाखत हुन नसकेको भन्दै प्रहरीले कोही कसैको आफन्त वा छरछिमेकी भएमा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखा तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।