इन्जिनियर दिवसमा ७२ जनाले गरे रक्तदान

जनकपुरधाम । ६० औं ईन्जिनियर दिवसको अवसर पारेर सोमबार जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल ईन्जिनियर्स एशोसिएशन मधेश प्रदेश समितिले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । रगतको अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् ।
आयोजकका अध्यक्ष ई.गौरी पण्डित, समाजवादी इन्जिनियरिङ्ग एसोसिएसन नेपाल (SEAN) मधेश प्रदेश अध्यक्ष ई. रोशन यादव, नैशनल इन्जिनियर्स एसोसिएसन नेपाल(NEAN) धनुषा जिल्ला अध्यक्ष ई. दिपक यादव, ई सितेश यादव, ई. राजेश महतो, ई विशाल यादव, ई. राजेश जयसवाल,
दिपेश कुमार यादव, रंजित कुमार, अवधकिशोर साह, विकास कुमार झा, दीपेन्द्र यादव, कमलेश यादवसहितकाले रक्तदान गरेका छन् ।
अरु क–कसले गरेका छन् रक्तदान हेर्नुस् यो लिस्टमा