तिलाठी कोइलाडी गाउँपालिका २ मा व्यक्तिगत घट्ना दर्ता निःशुल्क

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ मा सर्वसाधारणको व्यक्तिगत घट्ना दर्ता निःशुल्क हुने भएको छ ।
यहाँका वडाअध्यक्ष कमल मण्डलले व्यक्तिगत घट्ना दर्ता गर्दा कुनै शुल्क नलाग्ने बताएका छन् । २५ बर्षीय वडाअध्यक्ष मण्डलले जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्तासहितका व्यक्तिगत घटना दर्ता निःशुल्क गर्न लागिएको बताए ।
निर्वाचित भएर पदभार गरेका दिन मण्डलले ब्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने प्रतिबद्धता गरेका थिए । उनले सोही प्रतिबद्धता बमोजिम यो सेवा निःशुल्क गरिएको बताए ।