
पर्सा, ०४ असार । वीरगञ्जबाट स्रोत नखुलेको साढे ४१ लाख रुपैयाँसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
रकमसहित भारतको बिहार पूर्वी चम्पारण थाना रक्सौल घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर–५–एन ०२३८ नम्बरको मोटरसाइकल चेकजाँज गर्दा १ व्यक्तिलाई ४१ लाख ५५ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनले आफू सवार मोटरसाइकलको ट्याङ्की र सिटमुनि लुकाएर ४१ लाख ५५ हजार रुपैयाँ बोकेका थिए ।