जनकपुरधाम । धनुषाको ढल्केबरमा भएको दुर्घटनामा प्रहरीले रकमको चलखेल गरी मुद्दा मिलाएको घट्ना बाहिरिएको छ ।
प्रहरीले ठक्कर दिने गाडी र चालकको ठाउँमा अर्कै गाडी र चालकलाई उपस्थित गराई मुद्दा मिलाउन गरिएको वार्तालाप बाहिर आएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केरका प्रहरी निरीक्षक रामसागर सिंहले दुर्घटनाको मुद्दा मिलाउन एक जना व्यक्तिसँग गरिएको कुराकानीको अडियो फेला परेको छ । अडियोमा उनले नक्कली गाडी र चालकलाई उपस्थित गराएर मुद्दा मिलाउन लागेको बताएका छन् ।
उनले फोन गर्ने व्यक्तिलाई चालक अनुमति पत्र भएको चालक र इन्स्योरेन्स भएको गाडी दर्ता गराइदिन भनेको छ । ‘लाइसेन्स र इन्स्योरेन्स भएको गाडी दर्ता गराइदिनु मुद्दा मिलाएर दुई दिनमा पेश गरिदिन्छु’ प्रहरी निरीक्षक सिंहले भनेका छन्, ‘इन्स्योरेन्स बाट जहिले पैसा आउँछ त्यो दिन दिने कागज गराएर चालकलाई छोडिदिन्छ ।’
उनले अघि भनेका छन्, ‘चालकले प्रहरीले शंकाको आधारमा पक्राउ गरेको बयान लिनेछ ।’
उनले न्यायाधीशप्रति इंगित गर्दै श्रीमान र सरकारी वकीलसँग सल्लाह गरेरै यो कुरा भनिरहेको छु भन्दै फोन गर्ने व्यक्तिलाई बताएका छन् ।
फोन गर्ने व्यक्तिले यो घट्नाले आफूलाई कलंक लाग्न सक्ने बताएपछि सिंहले केहि हुँदैन्, म सबै जिम्मेबारी लिन्छु ।
फोन गर्ने मान्छेले आफू यसअघि मधेश प्रदेशको भूमी, व्यवस्था तथा कृषि मन्त्रालयमा गाडी चलाउने काम गरिरहेको र त्यहाँ नपोसाएपछि राजमार्गमा हाउस चलाउन आएको बताएका छन् । उनले आफू तत्कालिन तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको मान्छे समेत भएको प्रहरी निरीक्षक सिंहलाई बताएका छन् ।
कुन दुर्घटनामा उनले गाडी र चालक पत्ता लगाउन खोजेका हुन् भन्ने कुरा खुलेको छैन् । वार्तालापमा उनी आफैंलाई रामसागर भनेर स्वीकार गरेपनि उनले आफूले यस्तो नबोलेको बताएका छन् ।
दुर्घटनामा नक्कली चालक र गाडी खडा गर्ने इन्सपेक्टर रामसागर सिंह, यस्तो छ उनको वार्तालाप (अडियोसहित)
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech