जनकपुरधाम । महोत्तरीको बर्दिवासमा जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग सम्बन्धी दुई दिने तालिम सुरू भएको छ । तालिमको आज एक कार्यक्रमकाबिच प्रेस काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराईले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै भट्टराईले तालिममा सिकेका कुरा व्यहारमा लागु गर्न आग्रह गरे । सञ्चार क्षेत्रको जोखिम र स्वास्थ्यका बिषयमा सबैले प्रशिक्षण लिनुपर्ने उनले बताए । बर्दिवासस्थित होटल बिनायकमा आजदेखि सुरु भएको तालिम भोलिसम्म चल्नेछ । तालिममा मधेश प्रदेशका ८ जिल्लाका करिव ३० जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।
तालिममा सहभागीहरुलाई बरिष्ठ पत्रकार मोहन मैनालीले प्रशिक्षककाे रूपमा रहेकाे छ । युनिसेफ, सुहाआरा, नेपाल पत्रकार महासंघ लगायत बिभिन्न संघसंस्थाको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन सुहाआराकी रिस्क कम्युनिकेसन कोडिनेटर संर्घष पन्तले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा महोत्तरीका कार्यवाहक अध्यक्ष सुनिता बरालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग सम्बन्धी दुई दिने तालिम सुरू
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech