जनकपुरधाम, साउन ८ गते ।
सर्लाहीको कवलासी नगरपालिका पिपरियाका युवा प्रमोद यादवले आफ्नो जन्मदिनको अवसरमा जानकी वृद्धाश्रममा खाद्यान्न लगायतका समाग्री सहयोग गरेका छन् ।
विगत ५ वर्षदेखी अमेरिका रहँदै आएका यादव प्रत्येक वर्ष आफ्नो जन्मदिनको अवसरमा विभिन्न संघ सस्थामा सहयोग गर्दै आईरहेका छन् ।
यादवले आफ्नो २९औँ जन्मदिनको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ८ मा रहेको जानकी वृद्ध आश्रममा चामल , दाल, आटा, तेल, चुरा लगायतका खाद्यान्न समाग्रीहरु वितरण गरेका हुन् । उनले अमेरिकाबाट आफ्नो साथी ईन्जिनियर बिशाल यादव मार्फत सो सामाग्री सहयोग गरेका हुन् ।