नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा पत्रकार अनिलकुमार कर्ण निर्वाचित

 

जनकपुरधाम नेपाल प्रेस युनियनको केन्द्रीय उपाधयक्ष पदमा जनकपुरका पत्रकार अनिलकुमार कर्ण निर्वाचित भएको छ ।

हेटौंडाको मकवानपुर शनिबार सम्पन्न नेपाल प्रेस युनियनको निर्वाचनको मत परिणाम आइतबार अबेर सार्वजनिक गरिएको थियो ।

मत परिणामअनुसार पत्रकार कर्णले ६४८ मत पाएर विजय भए भने उनका निकटतम प्रतिदन्द्धी सर्लाहीका पत्रकार रोशनकुमार न्यौपान ६२३ मत प्राप्त गरे ।

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंमा भएको थियो ।