जनकपुरबाट दिनदहाडै लुटियो २ लाख

जनकपुरधाम । जनकपुरधाम १ निवासी शर्मिला यादवले बैंकबाट रु २ लाख झिकेर घरतर्फ गइरहँदा उनको रकम लुटिएको छ ।
वडा नम्बर १ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लुटेका छन् । साउदीमा रहेका उनका श्रीमान् देबशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै हातबाट लिएर भागेको शर्मिलाको भनाई छ ।
झोलामा रु २ लाख, नागरिकता, बैंक सम्बन्धी कागजात र थप रु ५ सय रहेको उनले बताएकी छ् ।
प्रहरीले लुटेराहरुको खोजी भइरहेको जनाएको छ । जनकपुरधामको व्यस्त ठाउँ मिल्स एरियाबाटै रकम लुटपाट हुनु प्रहरीको कमजोरी भएको स्थानीयको भनाई छ ।