सर्लाही । सर्लाहीको धनकौलमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडा नम्वर ५ का २२ बर्षीय रमेशकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
गिटी लोड गरेको ना ७ त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका वडा नम्वर २ स्थित मधुवनी सडक खण्डमा आइतबार राति ठक्कर दिँदा बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकलमा सवार यादवलाई ठक्कर दिएको थियो ।
ठक्करले गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मंगलबार वीरगञ्ज स्थित नेपाल मेडिसिटि ब्ययोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लालीका प्रवक्ता विजय यादवले जानकारी दिए ।
ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech