जनकपुरधाम । बिगो लगत मुद्दामा एक बर्ष कैद सजाय तोकिएपछि जनकपुरधामका एक व्यक्ति फरार भएका छन् ।
वादी धनुषाको तत्कालिन देउरी परवाहा गाविस ६ हाल औरही गाएँपालिका २ बस्ने अशोक कुमार यादव र प्रतिवादी सबैला नगरपालिका १० बस्ने जगन्नाथ पजियार रहेको मुद्दामा पजियारलाई १ बर्ष कैद सजाय तोकिएको छ ।
गत जेठ २० गते धनुषा जिल्ला अदालतले पजियारलाई एक बर्ष कैद सजाय हुने आदेश सुनाएपछि उनी फरार भएका छन् । अदालतले २१ ऋसारमा पजियारलाई पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय धनुषालाई समेत पत्र पठाएको छ ।
पजियारको जनकपुरधामस्थित भानु चोकमा पनि ठूलो घर छ । उनी यहीं बस्दै आएका छन् । अदालतले प्रहरी समेतलाई पक्राउ गर्न पत्राचार गरेको जानकारी पाएपछि उनी फरार भएका हुन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।