जनकपुर जेसीजका महासचिव गुप्ता र कोषाध्यक्ष साह निलम्बित

जनकपुरधाम । जनकपुर जेसीजले आफ्नो महासचिव र कोषाध्यक्षलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
महासचिव अजय गुप्ता र कोषाध्यक्ष उपेन्द्र साहलाई निलम्बन गरेको हो । बुधबार भएको साधारण सभाले गुप्ता र साहलाई निलम्बन गर्ने निर्णय गरेको जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले जानकारी दिए ।
अध्यक्ष साहले संस्थाको नाम जोडेर बोलाइएको साधारण सभा समेत बिथोल्ने किसिमले उनी र उनीहरुका पक्षधर अगाडि आएको बताए । संस्थालाई नै बदनाम गर्ने किसिमले काम गरेपछि गुप्ता र साहलाई निलम्बन गरी महासचिव पदमा यातोष कुमार साह र कोषाध्यक्षमा राजेश मण्डललाई मनोनित गरिएको बताए ।
संस्थाको नाम जोडेर संस्थाकै पदाधिकारीले अनियमितता गरेको भन्दै छलफलका लागि जेसीज अध्यक्ष साहले साधारण सभा बोलाएका थिए । तर, जेसीजकै सचिवालयमा बोलाइएको साधारणसभा पूर्व अध्यक्ष शंकर प्रसाद साह, तुलसी पंजियार, सुधीर पंजीयार, नासिर अहमदसहितकाले हो हल्ला गर्दै बिथोलेका थिए ।
शाखा अध्यक्ष ले जति प्रयास गरे पनि साधारण सभा सुरु हुनु पूर्व नै जथाभाबी रूपले प्रस्तुत भए पछी जनकपुर जेसीज का शाखा अध्यक्ष ले पुर्व अध्यक्षको अवरोध र जनकपुर जेसीज का सदस्य र पूर्व अध्यक्ष बीच हुने टकराव लाई हेर्दै अध्यक्ष साह बाहिर आएका थिए । अध्यक्ष सँगै जनकपुर जेसीजका पुर्व अध्यक्ष बाहेक सम्पूर्ण सदस्यहरु अध्यक्षसँगै बहिरिएका थिए ।
पछि सम्पूर्ण सदस्यहरुले जनकपुर जेसीजका यी पूर्व अध्यक्षबिरुद्ध खनिएका थिए । जसरी पनि साधारण सभा हुनुपर्छ र यस्तो गतिविधि बिरुद्ध कड़ा निर्णय लिनु पर्छ भन्दै शाखा अध्यक्षलाई दबाब दिएपछि अध्यक्षले डिएन पार्टी पैलेसमा साधारण सभा बोलाएर दुई जनालाई निलम्बन गरेका छन् ।
साथै साधारण सभाले संस्थाको नाममा भएको अनियमितता छानबिनका लागि एक समिति बनाएको अध्यक्ष साहले बताए ।