
महोत्तरी, १२ साउन । प्रहरीले महोत्तरीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका वडा नम्वर ६ किसाननगरका २५ वर्षीय संजय परियार रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
बुधवार राति औरही नगरपालिका वडा नम्वर ४ कठुधार स्थित माईस्थान सम्सी सडक खण्डमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आईरहेको परियारलाई एक्सिप्लोन सिरप ५ बोतलसहित पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
लागूऔषध मुद्दामा महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।