
सप्तरी, साउन १४ गते ।
राष्ट्रिय एकता अभियान सप्तरीले फरक क्षमता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरेको छ । अभियानले ११ जनालाई फरक क्षमता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरेको छ ।
अभियानले शनिवार एक कार्यक्रमको अयोजना गरी जिल्ला अध्यक्ष सुनिता चौधरी र केन्द्रीय उपाध्यक्ष सुनिता साहको अगुवाईमा चेयर वितरण भएको आयोजक संस्थाले जनाएको छ ।
सप्तरी राजविराज २का संजय कुमार दुवेले आमाको सम्झनामा अभियानलाई ह्वील चेयर उपलब्ध गराएको हो । उनले वार्षिक रुपमा फरक क्षमता भएको व्यक्तिहरुकालागि ह्वील चेयर उपलब्ध गराउदै आएको आयोजक संस्थाका अध्यक्ष चौधरीले जानकारी दिए ।
अभियानले राजविराज नगरपालिका वडा नम्बर –१ ,२ ,३ ,८,१० ,११ तिलाठी कोइलाड़ी गाउँपालिका वडा नम्बर –४ तोपा, डाक्नेश्वरी नगरपालिका वडा नम्बर –७ ब्रहमपुर , खडक नगरपालिका वडा नम्बर ८ खोजपुरका फरक क्षमता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरेको सामाजिक अभियन्ता सागरवीर कडारीले जानकारी दिए । ह्वील चेयर वितरण कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर २ स्थित राजदेवी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको थियो ।