
जनकपुरधाम, धनुषास्थित कमला युवा सञ्चालले आफ्नै कार्यालय भवन बनाउने भएको छ ।
शनिबार सञ्जालका सचिव चन्द्रदीपको अध्यक्षतामा बसेको सञ्जालको बैठकले आफ्नै भवन बनाउन निर्णय गरेको छ ।
बैठकले नगरपालिकाभित्रका प्रत्येक विद्यालयलाई समेटर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता, वडास्तरीय क्रिकेट तथा फुटबल प्रतियोगितालगायत विभिन्न छ बुँदे निर्णय गरेको छ ।
बैठक कमला नगरपालिका–९ को वडा कार्यालयमा बसेको थियो ।