मानव बेच्ने व्यक्ति १२ बर्षपछि समातिए

जनकपुरधाम । धनुषा प्रहरीले महोत्तरीमा मानव बेचबिखन गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
१२ बर्षअघि मानव बेचबिखनमा संलग्न रहेको भन्दै प्रहरीले महोत्तरीको तत्कालिन किसाननगर गाविस ४ बस्ने बिनोद सहनीलाई आईतबार जनकपुरधामबाट पक्राउ गरिएको छ ।
सहनीसहितकाले २१ साउन २०६७ मा मानवलाई बेचेपछि फरार रहेका थिए । उनलाई जनकपुरधाम ४ स्थित भैरव चोकबाट पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको धनुाा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।