गौशालाका प्रमुख प्रशासकीय अधिकृत थापामाथि ६ करोडभन्दा बढी वेरुजू रकम

गौशाला, महोत्तरी,
महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापामाथि ६ करोडभन्दा बढी रुपियाँ वेरुजू देखिएको छ ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापामाथि ६ करोड ८८ लाख ४६ हजार ९८१ रुपैयाँ बेरुजू देखाएको हो ।
२०७६ साल भद्रौ १३ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा गौशाला नगरपालिकामा नियुक्त भएका थापामाथि बर्षेनी वेरुजू रकम थपिँदै जाँदा आर्थिक वर्ष ०७७÷०७८ सम्म उनीमाथि त्यतिको रकम देखिएको छ ।
प्रतिवेदनअनुसार लेखापरीक्षणबाट ६ करोड ८८ लाख ४६ हजार बेरुजू देखिएको छ । उपर प्रमाण प्रतिकृया प्राप्त भएको छैन । बेरुजू मध्ये असुल गर्नुपर्ने ६ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने ७७ लाख ९० हजार र पेश्की २ करोड १८ लाख ३४ हजार रहेको छ ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले गौशाला नगरपालिकाको लेखा प्रमुख सन्जिव बराललाई पनि उक्त वेरुजू रकममा समेटको छ । यस सम्बन्धमा लेखा प्रमुख बरालसँग सम्पर्क गर्न खोज्दा उनी भारत भ्रमणमा रहेको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत थापामाथि आर्थिक वर्ष ०७८÷०७९ मा थापामाथि बेरुजू रकम झ्न बढने बताइएको छ ।
२०७६ सालमा प्रमुख प्रशासकीय अधिकृत गणेश आचार्यको सरुवा भएपछि उपसचिव तहका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्कालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । खड्का प्रमुख प्रशासकीय अधिकृत रहेकै अवस्थामा बापमन्थी धारका एक दिग्गज नेताले आफू अनुकूलको कामकाजमा सहयोग प्राप्त हुने हेतुले आठौं तहका थापालाई गौाशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्ती दिलाएको बताइएको छ ।
थापाले गौाशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्भाले यता नगरपालिकामा वर्षेनी बेरुजू रकम थपिँदै गएको छ ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष ०७७÷०७८ सम्ममा नगरपालिकाको गतवर्ष ४३ करोड ३ लाख ६१ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फट्र्यौट एवं यो वर्ष कायम भएको बेरुजू समेत हालसम्मकको अद्यावधिक बेरुजू ४८ करोड ६६ लाख ९९ हजार रहेको छ ।