धनुषा निर्वाचन क्षेत्र २ मा कांग्रेसको मुक्ताको सर्वाधिक चर्चा

जनकपुरधाम: धनुषा जिल्लाको निर्वाचन क्षेत्र २ बाट आउँदो मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसको मुक्ता यादवको सर्वाधिक चर्चा रहेको छ ।
सबैको प्रश्न एउटै छ : नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कसरी आयो ठूला नेताभन्दा मुक्ता यादवको बढी मत ?
एकातर्फ यादवको मतले कांग्रेसले मधेस खोजिरहेको संदेश दिइरहेको छ भने अर्को तर्फ मुक्ता यादवलाई धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं २ ले आवश्यकता महशुस गरिरहेको राजनीतिक आकलन गर्न सकिन्छ।
उनले मधेसबाट अघि बढ्ने महिलालाई उत्साहको सञ्चार गरिदिएको कांग्रेसका दिग्ज नेताहरुले नै बताउँने गरेका छन्।
मुक्ताकुमारी कांग्रेसको केन्द्रीय समितिमा सर्वाधिक ३९६० मत ल्याएर पहिलोपटक पुगेकी हुन् ।
महोत्तरीको श्रीपुर कविलाशामा सामान्य परिवारमा जन्मिएकी मुक्ताको माइतदेखि घरसम्म कांग्रेससँगकै राजनीतिसँग जोडिएको परिवार पाएकीले राजनीतिमा लाग्न प्रेरित गरेको आफै भन्छिन्।
विवाहपछि पढाइसँगै जागिर सुरु गरेकी यादवले राहत शिक्षकको रुपमा अध्यापनको १२ वर्षे पेशामा ११ वर्ष प्राथमिक विद्यालयको प्रधानाध्यापिका भएर बिताइन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएपछि उनले प्रधानाध्यापिकाबाट राजीनामा दिएर शिक्षण पेशामा पूर्णबिराम लगाइन् ।
राजनीतिक जीवनमा सफल मानिन्छ । किनकी २०७४ को राष्ट्रिय सभा निर्वाचनमा उनी निर्बिरोध सदस्य भएकी थिईन ।
आउँदो प्रतिनिधि सभाको चुनावमा मुक्ता यादवलाई यसपालि मौका दिनु पर्छ भने यस क्षेत्रका स्थानिय मतदाताहरुले जोडतोडका साथ अवाज उठाइरहेका छन् ।