जनकपुरधाम । गैर आवासिय मधेशी संघ कतारको भेला भव्यताका साथ सम्पन्न भएको छ ।
गैर आवासिय मधेशी संघ कतारका केन्द्रीय अध्यक्ष ईन्जिनियर विजय कुमार यादवको अध्यक्षतामा तथा जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष ईन्जिनियर सुरेन्द्र नारायण यादवको प्रमुख आतिथ्यमा भेलाको आयोजना गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी यादवले अब छिट्टै नेपाली राजदुतावासमा रजिष्ट्रेशन हुने जानकारी गराए । रजिष्ट्रेशन प्रक्रियामा आवश्यक सहयोग गर्न गैर आवासिय मधेशी संघ अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष इन्जिनियर शम्भुनाथ साहले आफू तयार रहेको बताए ।
आवश्यक कागजातहरु तयार गर्न कतारको केन्द्रिय अध्यक्ष ईन्जिनियर विजय कुमार यादवले पहल गर्न लागेको बताइएको छ ।
कार्यक्रमको विशिष्ट अतिथिमा अन्तराष्ट्रिय समिति अध्यक्ष साह लगायत अन्तराष्ट्रिय समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सल्लाहकार, नेशनल कमिटी,कार्यकारी प्रमुख पदाधिकारी लगायत विभिन्न क्षेत्रिय कमिटी,क्याम्प कमिटी को अध्यक्ष तथा पदाधिकारी स्वराजी नेताको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभमागीलाई गम्छा ओढाएर सम्मान गरिएको थियो ।
गैर आवासिय मधेशी संघ कतारको भेला भव्यताका साथ सम्पन्न
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech