स्वतन्त्र उम्मेदबारी दिने साहित्यनन्दको घोषणा

 

जनकपुरधाम । सामाजिक क्षेत्रमा सकृय रहेका साहित्यनन्द यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदबारी दिने बताएका छन् ।

किसानको समस्या सम्बोधन गराउनका लागि आफू उम्मेदबार बन्ने उनले बताए । सरकारले ४ मंसीरमा प्रदेश र प्रतिनिधी सभाको निर्वाचन घोषणा गरिसकेको छ ।

धनुषा जिल्ला क्षेत्र नम्बर–२ (ख) मा किसानहरु को मल खाद्य को सम्सया, गरिबी, पिछडिएका जाताहरुको अधिकार सम्बन्ध र राज्यको मुलधारमा ल्याउनका लागि स्वतन्त्रले मात्र अहम भुमिका निर्वाह गरेको भन्दै उन्ले अगामी चुनावमा प्रदेश सभा सदस्यमा उम्मेदवार घोषणा गरेको बताए ।

स्वतन्त्रमा निकै सक्रिय रहेका साहित्यनन्द यादवले मधेस प्रदेशक सभा सदस्यमा किसान, दलित, हरुको माग पुरा गराउन आवश्यक रहेकोले उम्मेदवारी दिने बताए । आफूलाई जनताले सहयोग गर्ने उनको विश्वास छ ।