जनकपुरधाम:बलात्कार जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कारबाही दायरामा ल्याउन प्रहरीलाई सघाउनु भन्दा दोषी उम्काउन र मुद्दा मिलाउन जनप्रतिनिधिहरुलेनै प्रहरीमाथि दबाब सिर्जना गर्न लागेको बुझिएको छ । धनुषाको शहिदनगर नगरपालिका-३ स्थित होटल रोयल एण्ड फैमली रेस्टुरेन्टमा एक नाबालिकसँग भएको बलात्कारको मुद्दा मिलाउन सहिद नगर नगरपालिकाको मेयर र एक वडा अध्यक्ष प्रहरीमाथि दबाब सृजना गरेको खुलेको छ ।
शहिदनगर नगरपालिका-३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिक आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएपछि उक्त मुद्दा मिलाउनमेयर दिनेश प्रसाद यादव र वडा नं. ३ का वडाध्यक्ष मनोज दास ईलाका प्रहरी कार्यलय यदुकूहामा दौडधुप सुरु गरेको बुझिएको छ।
नाबालिकको उजुरीपछि शुक्रबारनै बलात्कार आरोपमा एक युवकमाथि मुद्दा दर्ता गरिसके पनि आरोपित युवकलाई पक्राउ गर्न सकेको छैन् । सो मुद्दा कानुनी दायरामा ल्यानु भन्दा समाजमै मिलाउन शुक्रबार नगरपालिकाको मेयर यादव वडाध्यक्ष दास ईलाका प्रहरी कार्यालय यदुकूहा पुगेको थियो । यदुकूहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बलात्कार जस्तो जघन्य अपराधमा अनावश्यक दबाब नदिन निष्पक्ष अनुसन्धान गर्न दिन भनेपछि उनीहरू दुई घण्टापछि प्रहरी कार्यालयबाट बाहिरिएको थियो ।
प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको अवस्थामा मेयर यादव अध्यक्ष दासले अनुसन्धान प्रभावित पार्न खोज्दा प्रहरी निरीक्षक ढकालले जसरी पनि दोषीलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्ने भनेपछि उनीहरू निरास भएर प्रहरी कार्यालयबाट निस्केको एक प्रहरीले बताए । बलात्कार जस्तो घटनामा जनप्रतिनीधिले कारबाहीको लागि दबाब दिनुको साटो मुद्दा मिलाउन दबाब दिईरहेको एक प्रहरीले बताए ।
विहिबार राती करिब १ बजेको समयमा नाबालिकलाई आफ्नै घरबाट बोलाएर होटलमा लगी बलात्कार गरेको भन्दै पीडित नाबालिकले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले मुद्दा दर्ता गरिसकेको र अनुसन्धान अगाडि बढाएको छ ।
१४ बर्षिय नाबालिकसँग २२ वर्षीय युवकले होटलमा लगेर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उक्त होटलमा पुगी मुचुल्का उठाएका थिए । तर अहिलेसम्म होटल भने बन्द गराउन सकेको छैनन् । यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना हुँदा होटल सँचालकको समेत प्रत्यक्ष सँलग्नता रहेको बुझिएको छ ।
‘आरोपित युवक होटल संचालकसँगै होटलमै रहने गरेका थिए । होटेलमा सिसिटीभी क्यामरा समेत जडान भएको छ, सिसिटीभी क्यामराको फुटेज सर्बजनिक गरियो भने सबै प्रष्ट हुन्छ एक स्थानीयले बताए ।’ उनले भने होटेलमा बलात्कार भएको छ । तर होटेल अहिले पनि खुल्ला छ । होटेल संचालकलाई घटनाको सबैको कुरा थाहा हुदाहुदै पनि प्रहरीले होटल संचालकलाई नियन्त्रणमा लिएको छैन । होटल संचालक अहिले पनि खुल्लेआम घुमिरहेको छ । के होटेल संचालकलाई नियन्त्रणमा लिनु पर्ने थिएन ? कही प्रहरीले त होटल संचालकलाई जोगाउन त लागेको होइन शंका पैदा भएको छ ।’
सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेको होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई भनेपछि पुर्वे पनि प्रहरीको शँकाको घेरामा परेको छ । तर उनलाई नियन्त्रणमा लिएको छैन् ।
यता मेयर दिनेश प्रसाद यादवले आफू मुद्दा मिलाउन प्रहरी कार्यालयमा नगएको बताए । उनले भने ‘ म यो नगरपालिकाको नगर प्रमुख नगरपालिकाको कुनै वडामा त्यस्तो नकारात्मक घटाउन घटेपछि त्यसको बारेमा बुझ्नु मेरो दायित्व हो । म पनि घटनाको अनुसन्धान गर्छु । मैले शुक्रबार दुई बजे ईलाका प्रहरी कार्यालय यदुकूहामा गएको थियो । तर मुद्दा मिलाउन वा आरोपित छुटाउन होइन घटनाको सत्यतथ्य बुझ्न मात्रै गएको थियो ।’
उनले थपे ‘ हाम्रो नगरपालिकामा कुनै घटना भयो भने नगर प्रमुखको हैसियतले त्यसको बारेमा बुझ्न ईलाका प्रहरी कार्यालय मात्रै होइन सिडियो कार्यलय एसपी कार्यलय पनि जान्छौं, त्यसको छानबिन गर्ने मेरो कर्तव्य हो ।’
बलात्कारकाको आरोपित फरार मुद्दा, मिलाउन दुई घण्टा प्रहरीमा बसे मेयर
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech