अवैध यौन क्रियाकलापमा संलग्न ओभरसियर महतोसहित युवती पक्राउ

 

जनकपुरधाम।अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा एक जना ओभरसियरसहित दुइजनालाई धनुषा पहरीले पक्राउ गरेको छ ।

जिल्लाको मिथिला नगरपालिकामा ओभरसियर पदमा कार्यरत दिलिप महतो र एक जना युवतीलाई अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका–३ स्थित मधु आयल निगम नजिकै रहेको शुभ मिथिला होटल एण्ड गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको बताइएको छ ।

स्रोतको अनुसार अविवाहित ओभरसियर महतो एक अपरिचित युवतीलाई लिएर गेष्ट हाउस प्रवेश गरी यौन क्रियाकलापमा गरिरहेकै अवस्थामा स्थानीय युवाहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको थियो ।

पक्राउ परेका ओभरसियर महतो र उक्त युवती चिनजानको साथी भएको र समहमतीमै गेष्ट हाउस प्रवेश गरेकाले उनीहरुको अभिभावक बोलाएर जिम्मा लगाउने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।