
जनकपुरधाम । ससुराली घरमा बसेकी पत्नी र सासू आमालाई आगो लगाउने शंकर सदा पक्राउ परेका छन् ।
शंकरलाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवास्थित नेपाल क्षेत्रबाटै महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
गत साउन २१ ग्ते राति शंकरले ३५ बर्षीया श्रीमती प्रमिला देवी र सासू रेशमा देवीको शरीरमा मट्टीतेल छर्केर आगो लगाएका थिए ।
महोत्तरीको औरही नगरपालिका ८ टिमकिया घर भएका शंकर भंगहा नगरपालिका ९ कंचन वन सखुवा टोलस्थित आफ्नो माइतीमा रहेको बखत राति पौने १२ शंकरले प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए ।
श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासूले पनि सघाउने गरेको आशंकमा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए । २१ साउनको राति सोही बिषयमा झगडा हुँदा शंकरले दुबैको शरीरमा मट्टी तेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।
यस बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।