नागरिकता विधेयक पारित गरेकोमा कांग्रेस मधेश समितिद्वारा केन्द्रीय सरकारलाई धन्यवाद

जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले नागरिकता विधेयक पारित गरेकोमा केन्द्रीय सरकारलाई धन्यवाद दिएकाे छ ।
प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले
केन्द्रीय सरकारलाई धन्यवाद दिने निर्णय गरेको हो उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीलाई अबिलम्ब प्रमाणीकरणका लागि बैठकले अनुरोध गरेको बैठकले निर्णय गरेको छ ।
बैठकले मधेश प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय बैठकले गरेको छ ।
मातहतका निकायहरूलाई निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरि सम्पूर्ण समिति, विभाग, भातृ संघ संस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको महामन्त्री बृहस्पति श्रेष्ठले जानकारी दिए ।
यस्तै  मधेश प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको र संघीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।
पार्टीबाट मन्त्री बनेकाको कामकार्वाहीप्रती जनता र पार्टीका नेता तथा कार्यकर्ता समेत सन्तुष्ट हुन नसकेको ठहर गर्दै बैठकले पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीलाई उपस्थिति प्रभावकारी बनाउन निर्देशन दिएको छ।