
जनकपुरधाम । आज रक्षा बन्धन र राखी पर्व भव्यताका साथ मनाइँदैछ जनकपुरधामसहित मधेशका जिल्लामा आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर राखी पर्व मनाइरहेका छन । बिहानैदेखि दिदीबहिनी आफ्ना दाजुभाईलाई राखी बाँधिरहेकी छन् । टाढा रहेकी दिदीबहिनी आज आफ्नाे माइती आउने गर्छिन् ।
यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
आज जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर पनि मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।