जनकपुरधाम । एक सातासम्म दैनिक धर्ना दिने गरी मधेश सरकारले आन्दोलन घोषणा गरेको छ । प्रहरी समायोजन गर्न संघीय सरकारले आलटाल गरेकाले आन्दोलन घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशका गृह तथा संचारमन्त्री भरत साहले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी समायोजन गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आईतबारदेखि प्रदेश प्रमुख कार्यालयमा धर्ना कार्यक्रम गरिने बताए ।
बिहान ११ देखि २ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिने आन्दोलनको पहिलो चरणको कार्यक्रम घोषणा गरिएको मन्त्री साहले बताए । ‘यो आन्दोलन एक सातासम्म चल्छ’ उनले भने, ‘त्यस अवधीमा पनि सरकारले ध्यान नदिए अर्काे चरणको आन्दोलन घोषणा ग¥छौं ।’
धर्नामा प्रदेशका मन्त्री, प्रदेश सांसदको सहभागिता रहने मन्त्री साहले बताए ।
अल्टिमेटम दिएपनि संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन घोषणा गरेको हो ।
प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि आन्दोलन घोषणा गर्नुपरेको मन्त्री साहले बताए ।
प्रहरी समायोजन गराउन मधेश सरकारले ग¥यो आन्दोलन घोषणा
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech